Logo

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज



काठमाडौं ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने छ।

पौडेलले महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुने जनाएका छन्।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ। मंसिर ५ देखि ९ गतेका लागि निर्धारित बैठक आवश्यक तयारी नपुगेका कारण सारिएको थियो।

बैठक आइतबार बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्