Logo

‘अर्जुन सुनाम सुमधुर साँझ’ सम्पन्न



काठमाडौं । लोकप्रिय गायक ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ सम्पन्न भएको छ । ‘सुर्खेतमा बुलबुले ताल’ बोलको गीत गायर चर्चामा आएका गायक अर्जुन सुनामलाई सत्यवति कलाकेन्द्रले सुमधुर साँझमा उतारेको थियो ।

‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ नाम दिइएको उक्त साँझमा सुनामलेले दर्जनबढि हिट गीत गायर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको ठूलो हलमा आयोजना गरिएको सुमधुर साँझमा बाग्लो दर्शकको भिड थियो ।

कार्यक्रमको सुरुवातमा अर्जुनको जीवनी सुनाइएको थियो । बिस २०५९ सालमा काठमाडौं आएपछि बिभिन्न अबरोध पारगर्दै गायक बनेका अर्जुनले प्रस्तुतीको पहिलो चरणमा ‘नमुछे आमा दहिमा टिका’ सुनाएका थिए । त्यसपछि ‘शंका गर्ने तिम्रो बानी’, ‘मैले मन पराको मान्छे’ सुनाएका थिए ।

यस्तै चौथो प्रस्तुतीको रुपमा ‘सलल बगेको भेरी नदी’बोलको गीत गाउँदै गर्दा अधिकांश दर्शक भावुक पनि बने । सुनामलाई उक्त गीतमा बिबि अनुरागी, टिका पुन, सुन्तामी परियार, रेजिना परियार लगायतले साथ दिएका थिए । गीत गाउँदै गर्दा कलाकारहरुको अभिनयले दर्शकको मन अझ भावुक बनाएको थियो । त्यसपछि सुनामले ‘तिमी सिवाय अरु को छर, मलाई हेर्न जुन देखी, झुलायो मायाले’ लगायतका दर्जनौं गीत सुनाएका थिए ।

बन तथा बातावरण मन्त्री शक्ति बस्नेतले उद्घाटन गरी सुरु भएको सुनामको एकल साँझमा सुनामलाई संगीता राना प्रधान, बिबि अनुरागी, रीमा गुरुङ, शर्मिला गुरुङ, टिका पुन, सुनितामी परियार, प्रेम अर्याल, प्रनिल तामाङले पनि साथ दिएका थिए ।

गायक सुनामका ‘सुर्खेतमा बुलबुले ताल, तिम्रै झल्को आउँछ, मेरी निरमाया’ लगायत दर्जनौं गीतहरु चर्चित छन् । पछिल्लो आठबर्ष मलेसियामा बसेर आएका सुनाम अहिले निरन्तर गीत संगीतमै सक्रिए छन् । सुनाम अहिले पनि राजधानीको चाँदनी रोधी नाँचघरमा गीत गाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्