काठमाडौँ,१० मङ्सिर । अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन ।अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ ।
अफगानिस्तानको विषयमा जेनेभामा हुन गइरहेको विशेष छलफलमा सहभागिताका लागि उनी त्यसतर्फ लागेको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । अफगानिस्तानको विषयमा जेनेभामा ‘जेनेभा सम्मेलन’ हुन लागेको छ । भोलि मङ्गलबारदेखि दुई दिनसम्म सञ्चालन हुने सो सम्मेनलमा अफगानिस्तानको वर्तमान अवस्था र त्यहाँ तालिबानले चलाइरहेको हिंसा अन्त्यका लागि सो सम्मेलनमा छलफल हुने भएको हो ।
अफगान राष्ट्रपतिको कार्यालयले सोमबार बिहान विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार राष्ट्रपति घानीले मङ्गलबार र बुधबार सम्मबोधन गर्ने कार्यक्रम रहेको छ । सो सम्मेलनमा विभिन्न देश र संघ संगठनका उच्च स्तरीय प्रतिनिधिहरुको सहभागीता रहने बताइएको छ । यस छलफलमा अफगान राष्ट्रपतिले विभिन्न देशका राष्ट्रपति तथा सरकार प्रमुखहरुसँग द्वीपक्षीय वार्ता पनि गर्नु हुने बताइएको ।
युद्धले अक्रान्त भएको देश अफगानिस्तानको विकास र अर्थतन्त्र लक्षित यस सम्मेलनका विश्वका ७० देश अन्तर्राष्ट्रिय संघ संगठनको सहभागीता रहने जनाइएको छ । अफगान तालिबानसँग संयुक्त राष्ट्रसंघको आह्वानमा शान्तिवार्ताका लागि सरकारले प्रयास गरेको भनिए पनि वार्ता भने हुन सकेको छैन । अफगानिस्तानमा हिंसा अहिले पनि जारी छ ।एजेन्सी