Logo

अमेरिका–मेक्सीको सिमाबाट कयौँ आप्रवासी पक्राउ



काठमाडौँ,१० मंसिर । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ ।सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो ।

“सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ,” स्कटले सान डेगो सेक्टर वोर्डरमा सिएनएनसँग बताए । उनले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी गराए। अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुदै आएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्