Logo

म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौंमा (फोटोफिचर)



काठमाडौं, १३ मंसिर । एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौं ओर्लिएकी छन् । अहिले विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

सुकीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यहाँ सुकीलाई नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यस्तै, कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि भर्खरै त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरे । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुँदैछ ।

विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ । आज मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिा, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।

तस्विर: मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्