Logo

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदमा



काठमाडौं १४ मंसिर । संघीय ढाँचाअनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बहुप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषदको विधेयक समितिले स्वीकृत गरेको छ ।

बिहीबार बसेको विधेयक समिति बैठकले व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेशलाई स्वीकृत गर्दै मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेको हो ।

अध्यादेशलाई शुक्रबार मन्त्रिपरिषदमा पेस गरिनेछ । आगामी सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट पारित गराई समायोजन प्रक्रिया थाल्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन अध्यादेश अन्तिम चरणमा पुगेको जानकारी दिए । मन्त्री पण्डितले आगामी सातादेखि अध्यादेशलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक गृहकार्य अघि बढाइएको बताए । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्