Logo

फिजियोथेरापीसम्बन्धी सम्मेलनको पहिलो कार्यक्रम मेडीसिटीमा सम्पन्न



ललितपुर, १४ मंसिर । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ ।

कार्यक्रमलाई अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादले समुद्घाटन गरी विभिन्न स्थानमा हुने तीन दिवसीय कार्यक्रमको निम्ति सफलताको कामना गर्नुभएको छ ।

नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजक सहित ४ अन्तराष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा युनिभर्सीटी अफ मेलवर्नबाट आउनुभएकी सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित हुनुहुन्थ्यो ।

उहाँहरुले मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुती दिनुभएको थियो ।

देशभरका करिब ५० फिजियोथेरापीस्टको उपस्थिती रहेको कार्यक्रम काठमाण्डौं विश्वविद्यालय र शंकर होटलमा गरि ३ दिनसम्म आयोजना हुने छ । कार्यक्रम डिसेम्बर १ मा समापन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्