Logo

ग्राण्डी अस्पताल र युएई दूतावासबीच स्तन क्यान्सरबिरुद्धको सचेतना सहकार्य



काठमाडौं, १६ मंसिर । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा आजदेखी स्तन क्यान्सर बिरुद्धको सचेतना तथा स्वपरिक्षण (Awareness against Breast Cancer and self examination of the breast) कार्यक्रम संचालन गरेको छ ।

अस्पतालमा आज आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबासका महामहिम राजदूत शइद हमदन अल्नक्बी तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पातालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले संयुक्त रुपमा दिप प्रज्वलन गरि सो कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट चेष्ट ब्रेष्ट तथा थाइराइड सर्जन प्रा.डा.प्रकाश सायामी र जनरल, ग्याष्ट्रो इन्टेसटाइनल तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डे (Prof Dr Prakash Sayami Consultant, Chest, Breast & Thyroid Surgery and Dr Sadhu Ram Pandey, General Surgeon, Gastro Intestinal & Breast) ले नेपालमा स्तन क्यान्सरको अवस्था र उपचारको क्षेत्रमा हाँसिल भएका उपलब्धिहरुबारे प्रकाश पार्नुभएको थियो ।

काठमाडौं उपत्यका तथा देशका बिभिन्न जिल्लाहरुमा पाइलट प्रोजेक्टका रुपमा संचालन हुने कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुको टोलीले काठमाडौ उपत्यकाभित्रका बिभिन्न स्थानहरुमा पुगि स्तन क्यान्सर बिरुद्ध चेतनामूलक सामग्रीहरु प्रस्तुत गर्नेछन् । त्यसैगरी, महिलाहरुलाई महिला स्वास्थ्यकर्मीहरुद्वारा स्तनको स्वपरिक्षणबारे अभिमुखिकरण गर्ने र स्तन क्यान्सरको पहिचान निदान तथा उपचारबारे प्रशिक्षण समेत गर्नेछन्।

स्तन क्यान्सर बिरुद्धको सचेतना तथा स्वपरिक्षण कार्यक्रमलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट चेष्ट ब्रेष्ट तथा थाइराइड सर्जन प्रा.डा.प्रकाश सायामी र जनरल, ग्याष्ट्रो इन्टेसटाइनल तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेले नेतृत्व गर्नुहुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्