काठमाडौं, १७ मंसिर । गायिका स्मृति गौतम पछिल्लो समयकी सम्भावना बाकेकी गायिका हुन । केही समय पहिले बजारमा आएको ‘सालको पात टपरि दुना’ बोलको गीत निक्कै रुचाईएको गीत हो ।
उक्त गीतको अपार सफलतापछि स्मृतिले ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा ल्याएकी छन् । राजेश ढकालले स्मृतिलाई स्वरमा साथ दिएका छन् ।
ढकालकैै शब्द संगीत रहेको गीतमा लोकप्रिय नृत्याङगना रीना थापा मगर, सञ्जीव, अशोक र एलिशा लगायत कलाकारहरुले अभिनय रहेका छन् । निश्चल केसीको निर्देशन रहेको गीतका दृश्यहरु विक्रम कार्की, भिडियो सम्पादन अमृत चापागाइले गरेका छन् ।