काठमाडौँ,१७ मंसिर । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ ।
मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनी टिप्पणी गरेका छन ।मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रे्स म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको समाचार आएको छ ।
लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले गर्नु भएको टवीट्मा भनिएको छ । दुई देशकाबीचमा लामो समयपछि शुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उनले आफ्नो ट्वीटर अकाउन्टबाट जानकारी गराएका छन ।
ट्वीटमा उनले लेखेका छन ‘हाम्रो देशको नयाँ राष्ट्रपतीय प्रशासनका बारेमा अमेरिकाको धारणा र सकारात्मक कुराकानीका साथै हाम्राबीचमा भएको सौहार्द वार्ताका लागि म अमेरिकी विदेशमन्त्री पोम्पेओलाई धन्यवाद दिन चाहन्छु ।’
लोपेज गएको करिब पाँच महिना अघि नै मेक्सिकोको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । तर उनले गत शनिबारमात्र सपथ लिएको जनाईएको छ । उनी मेक्सिकोको एकजना वामपन्थी नेताका रुपमा परिचित रहेका छन।
हजारौँ जना मध्यअमेरिकी देशका नागरिक यी दुई देश अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा शिविर निर्माण गरेर बसेका छन् । उनीहरु अमेरिका छिर्न चाहन्छन् । आफ्नो देशमा बस्न असुरक्षा, हत्या हिंसा र गरिबीका कारण उनीहरु अमेरिका छिर्न चाहेका छन् ।
अमेरिकाले उनीहरुलाई आफ्नो देश छिर्न नदिने बताएको छ । ट्रम्प प्रशासनले लामो समयदेखि उनीहरुलाई सोही सीमा क्षेत्रमा नै रोकेर राखेको छ । यसका लागि ठूलो संख्यामा अमेरिकाले सेना पनि सीमा क्षेत्रमा पठाएको छ ।
तर मेक्सिकोले भने उनीहरुलाई अमेरिका जान दिनुपर्ने बताएको छ । यसै कारणले यी दुई देशबीच लामो समयदेखि विवाद जारी छ । सो विवादपछि पहिलो पटक अमेरिका र मेक्सिकोका विदेशमन्त्रीबीच पहिलो पटक यो भेटवार्ता भएको हो ।
त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा उल्लेख गरिएको छ । सो वार्तामा उक्त समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको अनुमान गरिएको छ । यी दुई देशले सीमा क्षेत्रको सो आप्रवासी समस्या सामुहिक रुपमा कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गरिने बताउँदै आएका थिए ।एजेन्सी