Logo

सैनिकको रगतले बच्यो ज्यान



काठमाडौँ,१७ मंसिर । डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणमा कार्यरत एक सैनिकले दान गरेको रगतले एक महिलाको ज्यान बचेको छ । सुदूरपश्चिम पृतना दिपायलस्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार रुद्रध्वज गणमा कार्यरत गगनबहादुर सलामीले दान गरेको रगतका कारण पूर्वीचौकी गाउँपालिका– १ फुलौटकी ७५ वषर्र््ीया हिमसरा खड्काको ज्यान जोगिएको हो ।

रगत अभाव पाएपछि अहिले खड्को स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रगत अभाव भएपछि यहाँ बिरामी नेपाली सेनाको ब्यारेक धाउने गर्छन् । रासस



प्रतिक्रिया दिनुहोस्