Logo

सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बर्दिया, १८ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर ६ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मालिका बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा मंगलवार भएको रक्तदान कार्यक्रमबाट ५५ पोइन्ट रगत संकलन गरिएको सस्थाका प्रबन्धक मदन प्रबन्धक थापाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा बचतकर्ता, स्थानिय, नेपाली सेना, नेपाल प्रहरी र बिदेशी समेत गरि करिव ६० जनाले रक्तदान गरेको सस्थाका प्रबन्धक थापाले बताए । सहकारीले पहिलो पटक रक्तदान कार्यक्रमको आायोजना गरेको हो ।

संकलन गरिएको उक्त ५५ पोइन्ट रगत रेडक्रस बर्दियालाई बुझाइएको पनि प्रबन्धक थापाले जानकारी दिए । थापाले रक्तदान गर्नु भनेको कसैलाई नयाँ जीवनदान दिनु सरह भएका रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । संस्थाले आगामी दिनहरुमा पनि यस्ता समाजिक कामहरु गर्दै जाने थापाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्