काठमाडौं, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गृह जिल्ला कालिकोटमा ४९ किलोको फूलको मालाले अभिनन्दन गरिएको छ। नेकपा कालिकोटले आयोजना गरेको जनसभामालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका प्रवक्ता ‘प्रकाण्ड’लाई सहिद परिवारले ४५ दिन हिराशत बसेको सम्झनामा ४५ किलोकै फूलमाला लगाएर अभिन्दन गरेका हुन्।
प्रकाण्डकी बहिनी जैपुरा बिक धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर भक्कानिएकी थिईन । जैपुरा रुनथालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले अबको कार्यभार वैज्ञानिक समाजवाद ल्याउनु रहेको बताएका थिए । तस्विर–हिम सिखरको फेशबुकबाट