Logo

ओलीविरुद्ध खनिए कमल थापा, जनाए यस्तो आपत्ति



काठमाडौँ,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको जनाएका छन ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार गरेको बताए ।सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले धारणा राखेको जनाइएको छ ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जानकारी गराए ।

उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुने जानकारी गराएका छन। जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्