Logo

संविधानसँग बाँझिएका कानून संशोधन नभए स्वतःखारेज-सभामुख महरा



काठमाडौँ,२१ मंसिर । सभामुख कृष्णबहादुर महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशन सम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी गराएका छन ।

दाङको घोराहीमा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिएका थिए । उनले भने‘सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने छ ।’

उनले समाजमा भएका घटनाको गहिरो गरी विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने जनाए । केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रहसमेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्