काठमाडौं २२ मंसिर । हुम्ला जिल्लाकै मध्यक्षेत्रको सर्केगाड गाउँपालिकाबाट केन्द्रबाट प्राप्त हुने शसर्ततर्फको बार्षिक विनियोजित बजेटको अभावले महिलाहरु उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य छन् ।
नियमअनुसार हिमाली क्षेत्रमा महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि १ हजार ५ सय रुपैंयाँ प्रसूति भत्ताबापत पाउन ब्यवस्था छ ।
यो भत्ताको ब्यवस्था सरकारले गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको संख्या निकै बढेको छ ।
उही बर्थिङ सेन्टरमा बच्चा जन्माउने कसैले पाउने कसैले नपाउने यो कस्तो नियम हो ?’ बुढाले प्रतिप्रश्न गरे ।
केन्द्रले संख्यामा भन्दा पनि बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो । -नेपाल समाचारपत्र दैनिकबाट