Logo

एकल साझबाट उठेको रकम क्यान्सर पीडितलाई



काठमाडौ,२३ मंसिर । गत मंसिर ८ गते सम्पन्न अर्जुन सुनाम एकल साझमा छायांकन गरिएका म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।सत्यवती कला केन्द्रले राजधानीको अनामनगर स्थिती बिनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरि लोकप्रिय गायक सुनामको एकल साझमा छायांकन गरिएका गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

सत्यवती कला केन्द्रका अध्यक्ष उदीराम खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिभिल अस्पतालमा उपचाररत क्यान्सर रोग पीडित पुर्ण कुमार श्रेष्ठलाई २० हजार आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वरिष्ठ कलाकार नारायण रायमाझीको प्रमुख आतिथ्यता सप्पन्न म्युजिक भिडियो सार्वजनिक तथा सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ कलाकार डिवि गुरुङ, यज्ञराज उपाध्याय, विवि अनुरागी, झलक संगीतम, गायिका सुनिता दुलाल लगायतको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्