२४ मंसिर, काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, संसारभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । मानव अधिकार दिवसको अवसर पारेर आज काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आहृवानमा मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको पूर्णप्रत्याभूति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
प्रभातफेरीमा सहभागी भएका मानव अधिकारकर्मीहरुले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएका छन् । उनीहरुले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन पनि आह्वान गरेका छन् । भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर समापण गरिएको थियो ।
फोटोःमुकुन्द कालीकोटे