Logo

अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग



काठमाडौँ,२५ मंसिर । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग प्राप्त भएको छ ।नेपालगञ्जका प्रतिष्ठित व्यक्तिहरुको मर्निङवाक समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त रकम केन्द्रलाई प्राप्त भएको हो ।

केन्द्रमा सोमबार आयोजित कार्यक्रममा देउसीभैलो समूहका संयोजक एवं नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडियाले केन्द्रका अध्यक्ष सरिता खनाललाई रु दुई लाख ७५ हजारको बैंक दाखिलाको भौचर र रु २५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा डा कनौडियाले मर्निङवाक समूहका तर्पmबाट भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चपागाईंले मर्निङवाक समूहको यो सहयोग मानवीय भावनाले ओतप्रोत छ भन्नुभयो । निलसागर केन्द्रमा हाल ३८ असहाय वृद्धवृद्धा तथा बालबालिका छन् । मनकारीको सहयोगले केन्द्रको खर्च चलिरहेको अध्यक्ष खनालले बताउनुभयो ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफ्नो एक महीनाको तलबभत्ता यहाँका मुस्लिम अनाथ बालबालिकालाई प्रदान गर्नुभएको छ ।चुनावका बेला आफूले पाउने तलबभत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नुभएका नगरप्रमुख राणाले सोमबार स्थानीय गौसिया जाउल इस्लाम मदरसामा अध्ययनरत अनाथ बालबालिकालाई रु ५० हजार सहयोग गर्नुभएको हो ।

नगरप्रमुख राणाले जाडोमा न्यानो लुगा÷कपडा किन्नका लागि सो रकम प्रदान गर्नुभएको बताउनुभयो । मुस्लिम समुदायका अगुवासहितको उपस्थितिमा भएको कार्यक्रममा डा राणाले सो रकम बराबरको चेक मदरसाका अध्यक्ष मोहम्मद याकुम हलवाइलाई हस्तान्तरण गर्नुभएको थियो ।यसअघि नगरप्रमुख राणाले यहाँका करीब १० संस्थालाई आप्mनो तलबभत्ता उपलब्ध गराइसक्नुभएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्