Logo

गन्यापधुरा गाउपालिका अव सेवाग्राहीको हत्केलामा



हरिश चन्द–डडेल्धुरा २४मंसिर । गन्यापधुरा गाउपालिकाले अब हत्केला बाटै गाउपालिकाका काम कारवाहीहरु जानकारी गराउने भएको छ । सुचना प्रबिधिको विकाससंगै गाउपालिकाले सुचना तथा सञ्चार मन्त्रलयको सहयोगमा गन्यापधुरा गाउपालिको मोवाईल एप सार्वजनिक गर्दै अब गाउपालिका हत्केलामा बनाएको हो ।

चालु आर्थिक बर्षमा सुचना, सञ्चार र प्रबिधिमा उल्लेखनिय फड्को मार्ने लक्ष्यका साथ गाउपालिकाले प्रदान गर्ने सेवा सुबिधा, योजना आयोजना संगै गाउपालिका बारे समपुर्ण जानकारी सहतिको मोबाईल एप सञ्चालनमा ल्याएको गाउपालिकाले जनाएको छ । मोबाईल एपपको औपचारीक रपमा गुगल प्ले बाट एप डाउनलोड गरी सुचारु गर्दै गाउपालिका अध्यक्ष नबल मल्लले सुचनाको हक मौलि अधिकारका रुपमा रहेकाले सबै गाउपालिका वासी लाई सहजै जानकारी गराई गाउपालिकामा शुसासन कायम संगै देश विदेशम रहेकाहरु लाई पनि गाउपालिका बारे सजिलै जानकारी गराउन मोवाईल एप सञ्चालनमा ल्याईएको बताए ।

उनले भने, लोकतान्त्रिक गन्याधुरा सरकार, समपुर्ण जनताको भरोसाको आधार, भन्ने गाउपालिकाको मुख्य नारा अनुसार आफ्नो हत्केलामा समपुर्ण जानकारी गराउने उद्देश्यले मोबाईल एप सञ्चालनमा ल्याईएको हो । यस संगै गाउपालिकाका ५ वटै वडा लाई चाँडै निःशुल्क ईन्टरनेट संग जोडिने गाउपालिका प्रमुख मल्लले बताए ।

गाउपालिमा हुने कार्यक्रम लगायत गाउपालिकाले प्रवाह गर्ने सेवा सुबिधाहरु बारे पनि आवश्यक कागजात संगै समपुर्णको जानकारी एपमा राखिएकाले पालिकावासीहरुले एप बाट सजिलै जानकारी पाउने गाउपालिका उपाध्यक्ष कमला देवि ठगुन्नाको भनाई छ । वर्तमान युग सुचना, सञ्चार प्रबिधिको युग भएकाले यस बाट भाग्न नसकिने भएकाले गाउपालिकाले समय अनुसारको सेवा प्रवाह गर्ने कार्यकारी अधिकृत करुणाकर पन्तले बताए । उनले भने, प्रबिधि संग भाग्दै गए पछि परिन्छ । यस कारण गाउपालिका समयानुसार प्रबिधि लाई अंगाल्दै अघि बढ्दै छ । गाउपालिका वासी लाई प्रत्यक्ष रुपमा कार्यालय संग जोड्न मोबाईल एप सञ्चालनमा ल्याईएको सुचना प्रबिधि अधिकारी शिव महताले बताए ।

एपमा कार्यालयका बार्षिक योजना संगै काम सम्पन्नताको विरण र कार्यालयले दिने सेवा सुबिधाका बारेमा आवश्यक कागज पत्र, शुल्क, शाखाको पनि जानकारी राखिएकाले सेवा ग्राहिलाई निकै फाईदा पुग्ने बताए । उनले भने, अहिले मोबाईल एप सञ्चालनमा ल्याउन डडेल्धुरामा दोस्रो स्थानिय तह गन्यापुरा बनेको छ । पर्यटकिय र प्रोफाई बन्ने क्रममा भएकाले केही दिनमै पर्यटकिय क्षेत्र संगै गाउपालिकाको प्रोफाईल मोबाईल एप मा सजिलै हेर्न पाईने छ ।



प्रतिक्रिया दिनुहोस्