Logo

पुष ५ गतेदेखि भृकुटीमण्डपमा पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ लाग्दै



काठमाडौं, २६ मंसिर । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा नेपाल उद्यमशील महिला महासंघले पत्रकार सम्मेलन गरेर घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ गतेदेखि ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा मेलाको आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी छिन् ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्घाटन गर्ने मेलामा सातै प्रदेशका महिला उद्यमीको उपस्थिति रहने अध्यक्ष बुढाथोकीले बताईन ।

उनले भनिन्,‘उक्त मेलामा सातै प्रदेशमा रहेर स्थानीय उत्पादनमा सक्रिय रहेका महिला उद्यमीहरुको उपस्थिति रहनेछ, स्थानीय स्तरमा रहेर उत्पादन क्षेत्रमा क्रियाशील रहेका महिलाहरुको सहभागितामा सम्पन्न हुने मेलामा स्थानीय उत्पादनको प्रदर्शन गरिनेछ, केही समय पहिले चीनमा घाँसबाट बनेको झोलाको माग भएको थियो, हामीले त्यो सामान उपलब्ध गराउन सकेनौं, भनेजति साम्रगी उपलब्ध गराउन नसकेको स्थितिमा स्थानीय स्रोत साधानको प्रयोग गरि निर्माण गरिएका सम्भावित कच्चापदार्थबाट निर्मित साम्रगीहरुको बजार विस्तार गर्ने र उक्त मेलामा चीनमा अपुग भएका सामग्रीहरु संकलन गरि परिपुर्ति गर्ने लक्ष्य लिएकाछौं ।’

अध्यक्ष बुढाथोकीले भनिन्,‘हामीले ग्रामीण भेगका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कालाई यस कार्यक्रममा साथ दिन अनुरोध गरेका छौं, यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ बृहत रुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एकपटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ वटै जिल्लाका महिला उद्यमीहरुलाई एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’

उनले अघि थपिन,‘मेलामा अवलोकन गरेर देशमा महिला उद्यमीहरुका समस्याको पहिचान, समाधान र आगामी आर्थिक वृद्धिको पाटो कसरी सहज बनाउन सकिन्छ ? भन्ने कुरामा सवै मेलाका प्रतिनिधीहरुको अन्तक्रिया गरी देशको विकासमा आ–आफ्नो स्थानबाट सहयोगको अपेक्षा गरेका छौं ।’

अध्यक्ष बुढाथोकीले मेलाको विभन्नि लक्ष्य रहेको बताउँदै उनले भनिन्,‘चेम्वरहरु तथा महिला उद्यमीले सञ्चालन गरेका विभिन्न उद्योगहरुको प्रदर्र्शन तथा विक्रि कक्षहरु रहने छन् ।’

कार्यक्रममा महासंघकी वरिष्ठ उपाध्यक्ष विना तामाङ, महासचिव राधा कार्की, सदस्यहरु पार्वता कुमारी गौतम, बविना श्रेष्ठ, जिल्ला अध्यक्ष यशोदा कायस्थ, सदस्य मीना घिमिरे लगायतको उपस्थिति रहेको थियो भने गंगा लक्ष्मी अवालले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

                                                                                 प्रेस विज्ञप्ती
संघीय राजधानी काठमाडौंको मुुटुमा रहेको एक मात्र प्रद्र्धशनी मार्ग भृकुटी मण्डप काठमाण्डौमा पौष ५ गते देखि ९ गते सम्म ९ सम्म नेपाल उद्यमशील महिला महासंघले प्रथम पटक आयोजना गर्न लागेको ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ गर्ने भएकोे कुरा जानकारी गराउन चाहन्छौ ।

हामीले महासंघको स्थापनाको छोटो समयमा धेरै काम र उद्यमीहरुको मन जित्न सकेको कुरालाई व्यापार निकासी प्रवद्र्धन बोर्डले मुल्यांकन गरी हामीलाई अन्तराष्ट्रिय बजारमा नेपालको बजारलाई कसरी विस्तार गर्ने भन्ने कुरामा विषेश ध्यान दिएर हामी बंगालादेशमा महासंघको नेतृत्वमा ६ जना महिला उद्यमीहरुले दुइ वटा स्टल व्यापार तथा निकासी प्रवद्र्धन बोर्डले निशुल्क दुइवटा स्टल तथा ‘बिटुःबि मिटिङ’ मा भाग लिएर त्यहाँका अनुभवलाई देशको विभिन्न स्थानमा नेपालमा हातवाट बनेका महिलाहरुका सीपलाई विश्व बजारमा पुर्याउन महासंघ निरन्तर लागि रहयो यसैबीचमा नेपाल सरकारले हाम्रो उच्च मूल्यांकन गरि चीनमा २ पटक महासंघको नेतृत्वमा प्रतिनिधित्व गर्दै नेपाली हस्तकलाका सामानहरु प्रदर्शन गरि त्यहाँ खरिद गरेर केहि कम्पनीहरुलाई हामीले नेपालको वजारमा आएर केही सीप तथा त्यसमा चाहिने मेशिन र प्राविधिकको लागि माग गरेर फर्किएर हामीले पनि मेला आयोजना गरि विश्वको बजारलाई नेपालसंग जोडने उद्देश्यले हामीले प्रथम पटक राष्ट्रिय उद्यमशील महिला मेला २०७५ आयोजना गरेका छौ ।

साथै हामीले ग्रामीण भेकका महिलाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने कुरामा नेपाल सरकारका विभिन्न तह र तप्कामा माग र सहयोग गरिदिन अनुरोध गरेकाछौ । यसै अनुसार कतिपय जिल्ला र प्रदेशमा हाम्रा कार्यक्रम सुचारु छन र अझ वृहतरुपमा कसरी जान सकिन्छ भन्ने कुरामा एक पटक नेपाल उद्यमशील महिला महासंघले आफ्नै आयोजनामा देशभरका ७७ जिल्लाका महिला उद्यमीहरुलाइ एकै ठाउँमा आफ्ना जिल्ला र गाउँका उत्पादनलाइ प्रदर्शन गर्ने र त्यसमा अवलोकन गरेर देशमा महिला उद्यमीहरुका समस्या समाधान र अवको आर्थिक वृद्धिको पाटो सहज बनाउने कुरामा सबै लमेलाका प्रतिनिधीहरुको अन्तक्रिया गरी देशको विकासमा आ–आफ्नो स्थानबाट सहयोगको अपेक्षा गर्दै हामीलाइ दिनु भएको साथ र सहयोगको उच्च मुल्याङकन गदै आगामी मेलामा पनि सहयोगको अपेक्षा राख्द्रैै हामीले मेलाको लागि प्र्रस्तावना तयार गरेका छौं।

राष्ट्रिय उद्यमशील महिला मेला २०७५ को लक्ष्य

क) आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनमा योगदान पुर्याउने यस मेलाले लक्ष्य लिएको छ । यस क्षेत्रमा उद्योग वाणिज्य संघसंस्थाहरु महिला चेम्वरहरु तथा महिला उद्यमीले संचालन गरेका विभिन्न उद्योगहरुको प्रदर्र्शन तथा विक्रि कक्षहरु रहने छन् । यस मेलामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने लक्ष्य राखिएको छ ।

ख) समग्र देश विकासकालागि महिला उद्यमीहरुले हातले बुनेका बनाएका सामानहरु एकै स्थानमा किन बेच गर्न सक्ने नेटवर्किंग बनाउने ।

ग) उत्पादित बस्तु सवै स्थानमा उपलव्ध गराइ एक स्थानको उत्पादन अर्को स्थानमा पनि उत्पादन गर्ने र स्वदेशी उत्पादनलाइ प्रयोग गर्ने वातावरणको विकास गर्ने ।

घ) राष्ट्रिय पहिचान गर्ने बस्तुलाई केन्द्रिय स्तर र प्रत्येक प्रदेशमा आकर्षित गराउने ।

ड) औद्योगिक वातावरण सम्वन्धि सचेतना गराउने ।

च) मेला अवधिमा दश लाख दर्शकले अवलोकन गर्ने र करिव रु दश करोड सम्मको कारोवार गर्ने अनुमान गरिएकोछ ।

छ) नेपालको पहिचानको लागि आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, पर्यटन, औद्योगिक तथा व्यापारिक क्षेत्रको प्रवद्र्धन गर्ने ।

राष्ट्रिय उद्यमशील महिला मेला २०७५ को उद्देश्य :
देहायका बस्तुलाई बढि आकर्षित ढंगले प्रस्तुत गरि अवलोकनकर्ता र खरिदकर्ताको संख्यामा बृद्धिसंगै मेलाको उपयोगिता सम्वन्धि चिनारी गराइनेछ ।

क) महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुको प्रदर्शनि र समन्वयमा जोड दिदै प्रदर्शित बस्तुको खरीद बिक्रि

ख) प्रदर्शित बस्तु वा सेवाहरुको एक स्थलमा प्रदर्शन गरि खरीदकर्तासंगको प्रत्यक्ष अन्तर्कृया गर्ने गराउने ।

ग) निकासी बस्तुहरुको पहिचान तथा बजार प्रवद्र्धनमा सहयोग पुर्याउने ।

घ) महिलाहरुले उत्पादन गरेका बस्तुहरुको चिनारीसंगै उद्यमी व्यवसाहीहरुलाई सहयोग पुर्याउने र प्रोत्साहन गराउने विषयमा भुमिका निर्वाह गर्ने ।

ङ) उत्पादित बस्तु र खरिदकर्ता बिच समन्वयको अवस्था जुटाइदिने ।

च) लगानीका अवसरका जुटाउन सहयोग गर्ने ।

छ) व्यवसायीक चेतना अभिबृद्धि गर्ने ।

ज) एक घर एक महिला उद्यमीू नेपाल राज्यभर लागु गर्ने ।

झ) सूचनाा प्रविधि डिजिटल मार्केटिङ इमार्केटिङ सामाजिक संजालबाट आफ्नो उत्पादनलाई देश तथा बिदेशमा चिनाउने, बर्तमान सुचना तथा संचारको जमानामा बिभिन्न सुचना तथा संचार प्रविधिको प्रदर्शनीको आयोजना गरि सुविधायुक्त प्रविधिको प्रयोगबाट प्रत्यक्ष लाभ लिन सहयोग र बिक्रि गर्न आवश्यक तालीमको व्यवस्था मिलाउने ।

ञ) महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुको प्रदर्शनकोलागि काठमाण्डौ उपत्यकामा संकलन केन्द्रको स्थापना गरि देश विदेशका खरिद तथा अवलोकनकर्ताहरुलाइ सहज बनाउन पहल गर्ने

ट) स्वदेशमा उत्पादित ब्राण्ड तथा सामाग्रीहरुको प्रदर्शिनीको आयोजना गरि ती बस्तुको जानकारी गराउदै बिक्रि गर्ने ।

ठ) उद्यमीहरुलाई सीपमुलक तालिम तथा गोष्ठिको आयोजना गर्ने ।

समाबेश हुने क्षेत्र : निम्न अनुसारका मेलाका आकर्षण समावेश हुनेछन्

क) महिला उद्यमीका उत्पादन प्रदर्शनी तथा खरिद विक्रि गर्ने ।

ख) निकासी योग्य वस्तु सम्वन्धि गोष्ठी

ग) पर्यटकीय भ्रमण तथा आर्थिक विश्लेषणका लागि गोष्ठी गर्ने ।

घ) हस्तकलाका सामानहरु जुत्ता, चप्पल, खेलौना, व्याग, ह्याट, आदि वस्तुको खरिद विक्रि

ङ) सूचना प्रविधि सम्वन्धि जानकारी ।

च) महिला उद्यमीहरुलाई आफ्नो व्यवसायलाई आर्थिक रुपमा सम्पन्न बनाउदै लग्न स्थानीय बैक तथा वित्तिय क्षेत्रबाट सेवा सुविधा सरलरुपमा प्रदान गर्न पहिल गर्ने ।

अनुमानित खर्चको लागत तथा बाँडफाँड

क) स्टल संख्यामा सहभागि र प्रदर्शन गरिने बस्तुहरु ः मेलामा कुल स्टल २०० हुनेछन् । स्टलमा १ थान टेवल १ थान कुर्सि र १ थान ट्युवलाइट उपलव्ध गराइनेछ र निम्न अनुसारका बस्तुको प्रदर्शन गरिने छ ।

 अर्गानिक उत्पादक चीया, कफि, जडिबुटी, अन्न तथा तरकारी फलफूल आदि
 सुचना प्रविधिका बस्तुहरु
 पर्यटन क्षेत्र र पर्यटकीय सामग्रीहरुको बिक्रि
 हस्तकला तथा जातीय भेषभूषा झल्कने सामग्रीहरु
 उद्यमीहरुका उत्पादन सबै बस्तुह
अनुमानित खर्चको लागत तथा बाँडफाँड
सि.नं. विवरण रकम
१. स्टल राख्ने स्थान ७,५०,०००
२. स्टल निर्माण लाइट जडान १०,००,०००
३. प्रचार प्रसार १०,००,०००
४. बिद्युत तथा इन्धन २,००,०००
५. यातायात ३,००,०००
६. अतिथी सत्कार २,००,०००
७. प्रसासनिक तथा तयारी खर्च ५,००,०००
८. छपाइ २,००,०००
९. उपहार २,००,०००
१०. स्टेशनरी २,००,०००
११. सुरक्षा १,००,०००
१२. टेलिफोन १,००,०००
१३. उद्घाटन तथा समापन २,००,०००
१४. स्टल तयारी (सजावट टेवल कुर्सी लाइटजडान) १६,००,०००
१५. विविध १,००,०००
जम्मा ६६,५०,०००
अनुमानित श्रोत ः
१. स्टल बुक ५,००,०००
२. राष्ट्रियपति महिला उत्थान कार्यक्रम १५,००,०००
३. नेपाल पर्यटन बोर्ड ५,००,०००
४. बणिज्य मन्त्रालय ५,००,०००
५. उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय १०,००,०००
६. व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र १५,००,०००
७. नेपाल चेम्वर अफ कमर्स ५,००,०००
८. काठमाण्डौ महानगरपालिका ५,००,०००
९. अन्य १,५०,०००
जम्मा ६६,५०,०००

राष्ट्रिय उद्यमशील महिला मेला २०७५मासम्वन्धमा

नेपालका उद्यमशील महिलाहरुको व्यवसाय व्यापार प्रवद्र्धन गर्ने र उत्पादक र उपभोक्ताहरुलाई एकै थलोमा ल्याइ साक्षात्कार गर्ने उद्देश्य लिएर नेपाल उद्यमशील महिला महासंघले आयोजना तथा,व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सह आयोजनामा मिति २०७५ साल पौष ५ गते देखि पौष ९ गते सम्म राष्ट्रिय उद्यमशील महिला मेला २०७५ आयोजना गरिएको छ । यस नेपाल उद्यमशील महिला महासंघको आयोजनामा हुने मेलामा महिला उद्यमीहरुबाट उत्पादित बस्तु तथा व्यापारको प्रवद्र्धन सहित आन्तरिक तथा बाह्य पर्यटक गरि करिव ३ लाख महानुभावहरुले मेलाको प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिएको छ ।

यस मेलालाई ऐतिहासिक रुपमा भव्यताका साथ सफलतापुर्वक सम्पन्न गर्न यहाँको मन्त्रालय कार्यालय संघ संस्था तथा कम्पनीको महत्वपूर्ण भूमिका हुने र यसबाट देश तथा यहाँको मन्त्रालय कार्यालय संघ संस्था तथा कम्पनीले समेत प्रत्यक्ष उपभोक्ताहरुसंग साक्षात्कार गर्ने अवसर प्राप्त भइ बस्तुको प्रवद्र्धनमा सहयोग पुग्ने भएकोले तपाइको मन्त्रालय कार्यालय संघ संस्था कम्पनीबाट प्रायोजन गरि महोत्सव सफल पार्न अमूल्य सहयोग पुर्याइदिन हार्दिक अनुरोध गर्दछु ।
निष्कर्ष ः

मेलाको संभावित उपलव्धी तथा फाइदाहरु ः

बस्तु उत्पादनकर्ता र खरिदकर्ता विचको सम्वन्धको विस्तार, औद्योगिक र व्यापारी विचको सुमधुर सम्वन्धको थलो, पर्यटकिय क्षेत्र तथा पर्यटकीय बस्तुहरुको प्रचार प्रसार, अर्गानिक खेति तथा औषधीहरुको प्रचार प्रसार, आयात निर्यातकर्ता विचको बजार विस्तारमा मध्यस्थकर्ताको भूमिका, प्रविधि विकाशमा हस्तान्तरण, उत्पादन बृद्धि र गुणस्तरिय वस्तुको पहिचान, लगानिकर्तालाई लगानिको अवसरको खोजी जस्ता बिषयलाई मेलाबाट प्राप्त हुने उपलव्धि र लक्ष्य निर्धारण गरियो । यसै अनुरुप कार्यक्रमलाई आत्मसाथ गरि उपभोक्ता, व्यापारी, उद्यमी र मेलाको अवलोकन गर्ने व्यक्तिहरुको प्रशंसा योग्य मेला गुण प्राप्त गरिन सक्नु फाइदा हो भोलिका लागि अझ नयाँ बस्तुको प्रदर्शन गर्नमा हौसला हो ।

उपसंहार : मेलाले दिने लाभ हानीलाइ केलाएर देशको सामाजिक आर्थिक विकासमा महासंघले बनाएको प्रस्ताविक लक्ष्यलाई कति हद सम्म संलग्नता देखाउन सकिन्छ त्यसबाट हुने उपसंहारले तय गर्ने योजना आयोजक पक्षको अपेक्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्