Logo

प्रधानन्यायाधीशमा राणा सिफारिश



काठमाडौँ,२७ मंसिर । प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ ।सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिए ।

न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा परेका थिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँन गैरहेका छन । रासस



प्रतिक्रिया दिनुहोस्