Logo

काँग्रेस महासमिति बैठक:  सदस्यहरुलाई रजिष्ट्रेसन गराउने कार्य सुरु



काठमाडौं, २८ मंसिर। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महासमिति बैठकमा उपस्थित हुने आएका महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ काउन्टरबाट महासमिति प्रतिनिधिलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराउने कार्य भइरहेको छ ।

महासमिति बैठकमा करीब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् । बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रअनुसार ५ जनाका दरले १२ सय प्रतिनिधि सहभागी हुनेछन् । साथै भ्रातृ–शुभेच्छुक र जनसम्पर्क समितिबाट ९७–९७ जना सहभागी हुनेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्