Logo

‘पद र गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्छ’



काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताएका छन्।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरू महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य महतले यस्तो बताएका हुन् ।

उनले विनापूर्वाग्रह आन्तरिक समिक्षा गर्दै सबैमा आशा जगाउने गरी महासमिति बैठकले एकताको सन्देशसहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताएका हुन्।

प्रतिपक्षी दलको भूमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आइपुगेको भन्दै आत्मसमिक्षासहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए।

पद र व्यक्ति तथा गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उनले जोड दिए। वर्तमान सरकारबाट निराश बनेकालाई आशा जगाउने गरी महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उनले गरे।

उनले पुन: सत्ताको नेतृत्वमा पार्टीलाई पुर्याएर मुलुकलाई समुन्नत विकासको बाटोमा लैजानका लागि पार्टीभित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्