Logo

कालिकोटः वडा अध्यक्षले बनाए तलवबाट विद्यालय भवन



कालिकोट, १ पुस । जिल्लाको शुभकालिका गाँउपालिका वडा नं.६ का वडा अध्यक्ष कर्णबहादुर खत्रीले अहिलेसम्म आफुले पाएको तलबले जिर्णोदार रहेको बिद्यालय भवन निर्माण गरेका छन् ।

बडा अध्यक्ष खत्रीले वडामानै रहेको चन्द्रसुर्य माध्यमिक बिद्यालयको जिर्ण भवन निर्माण गरेका हुन् । गत बर्ष निर्वाचित भएयता आफुले ३ लाख ५० हजार रुपैयाँ पाएको त्यसको रकमबाट जिर्ण रहेको विद्यालय भवन निर्माण गरेको वडा अध्यक्ष खत्रीले बताए ।

उनले भने,‘मैले सपथ ग्रहण गरेभन्दा पछि मलाई तलव दिइएको थियो, त्यो रकम आफ्नै गाउँमा जिर्ण रहेको भवन निर्माणमा खर्च गरेको छु मैले यो विद्यालयमा अध्यायन गरेको हुँ, विद्यालयको अवस्था पहिलेदेखि थाहा थियो, जनप्रतिनीधि हुनुका नाताले आफु पाएको तलव विद्यालय बनाउन सहयोग गरेको हुँ।’

उनले भने,‘विद्यालयको अवस्था देखेर आफ्नो तलब बिद्यालय बनाउन सहयोग गरेको हुँ ।’विद्यालय भवन नहुदाँ बिद्यार्थीहरु चौरमा बसेर पढ्ने गरेको अहिले वडा अध्यक्षको तलबबाट बिद्यालयको भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक धर्मराज आर्चायले बताए । ‘वडा अध्यक्षज्यूले आफ्नो तलबबाट जिर्ण रहेको बिद्यालय भवन पुर्ननिर्माण भएको छ ।’ उनले भने,‘बिद्यार्थीहरुले चौरमा बसेर पढ्ने दिनको अन्त्य भएको छ ।’

बिद्यालयमा कक्षा १२ सम्मको अध्यायन हुने गरेको भएपनि शिक्षको दरबन्दी नहुँदा शिक्षकको तलव समेत अभिभावकको पहलमा खुवाउने गरिएको प्रधानाध्यापक आचार्यले बताए । ‘सरकारले १२ कक्षासम्मको अध्यायनको स्वीकृति दिएको छ ।’ उनले भने,‘तर, शिक्षकको दरबन्दी नहुदाँ शिक्षक स्थानीय स्रोतबाट राखिएको तलब अभिभावकहरुले खुवाउने गरेका छन् ।’



प्रतिक्रिया दिनुहोस्