Logo

भीभीआईपीका लागि प्रतिस्पर्धाबिनै इटालीबाट आइपुग्यो हेलिकप्टर



काठमाडौं २ पुस ।  सरकारले भीभीआईपी(राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि उडान गर्न १ अर्ब ५० करोड रुपैंयाँमा हेलिकप्टर खरिद गरेको छ ।

नेपाली सेनाले इटालीमा बनेको १४ सीट क्षमताको ‘अगुष्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । उक्त हेलिकप्टर सेनाको हवाई उड्ययन निर्देशनालयले संचालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौविसै खण्टा तयारी अवस्थामा(स्ट्यान्डबाई) राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिनेछ ।

खरिद सम्झौताअनुसार आए÷नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाइ उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।

सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग बार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो ।–कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्