Logo

पर्यटक आगमनको दर ३० प्रतिशतले बृद्धि : मन्त्री लम्साल



काठमाडौँ, २ पुस । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।

नेपालमा सबैभन्दा बढी डिसेम्बर महीनाको गणना नगर्दै १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरका छन।सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको तथ्याङ्क रहेको थियो ।

सो अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताए ।मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको सङ्ख्या टाउकै गनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको जानकारी दिए। उनका अनुसार त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्