काठमाडौँ, २ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनतासंग सरोकार राख्ने कानुन निर्माणले तिव्रता पाउने जनाएकी छन ।काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार आयोजित कार्यक्रममा उनले जनतासंग सरोकार राख्ने केहि कानुन निर्माण भईसकेको र अब बाकी कानुन निर्माणको कामले तिव्रता पाउने जानकारी गराईन ।
मन्त्री थापाले संघिय संरचनाको स्थापीत भईसकेपछि मौलिक हकसंग सम्बन्धीत काम बनाईसकेको बताईन। उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमश पुरा गर्दे लैजाने धारणा राखेकी छन ।संविधान र कानुनमा भएका बिषयहरुलाई कार्यान्वयनका लागी नीति बनाएर अघि बढ्ने क्रममा सरकार रहेको उनले बताईन । उनले जनताको हक र हितका लागी नै सरकार आफ्नो काममा केन्द्रित भएको जानकारी दिईन ।
त्यस्तै मन्त्री थापाले भृकुटिमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यहि बर्षभित्र सेमि परमानेन्ट स्टल राख्ने प्रतिवद्धता पनि व्यक्त गरिन । स्थापना दिवसका अबसरमा संघले बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले जानकारी दिएका छन। फोटोः मुकुन्द कालीकोटे