Logo

‘सभापतिलाई काम गर्न नदिनेगरि हात बाँध्न हुँदैन्’ : विष्णु धिताल



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु धितालले कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने धारणा राखे । हिन्दूराष्ट्रको बारेमा जनमतसंग्रह गुर्नुपर्ने उनको माग छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘जनमतसंग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ ।’

त्यस्तै उनले विधानमा अब पदाधिकारीको संख्या बढाउनुपर्नेमा जोड दिए । उनले सभापतिलाई हात बाँधेर काम गर्न नदिने वातारण बनाउन नहुनेपनि धारणा राखे ।

उनले भने,‘सभापतिलाई काम गर्न नदिनेगरि हात बाँध्न हुँदैन् । छेक्नुहुँदैन् । तल्लो तहदेखि केन्द्रसम्म सभापतिलाई काम गर्ने अवसर दिनुपर्छ ।’ उनले पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्नेपनि धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्