Logo

‘गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक’



काठमाडौं, २ पुस । प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न. ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘हामीबीच एकता आवश्यक छ । देशमा कांग्रेसको विकल्प छैन । देशको विकास गर्ने नै कांग्रेसले मात्रै हो ।’

उनले महासमिति बैठकले नयाँ रणनीति तय गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले पार्टीभित्र अब हिन्दूराष्ट्रको पक्षमा उभिनेबारे बहस सुरु भैसकेकोपनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्