Logo

‘कांग्रेस अब एक व्यक्ति एक पदमा जानुपर्छ’



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य सुर्यदेव दाश उराउले केन्द्रिय सदस्य केन्द्रबाट मनोनित नगरी वडास्तरबाटै आउनुपर्नेमा जोड दिए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनले विधानमा उल्लेख भएको समावेशी–समानुपातिकको अहिले गलत उपयोग भैरहेकोमा ध्यानाकार्षण गराए । उनले भने,‘आउँदा दिनहरुमा तराईका आदिवासी, दलितहरुलाई पनि यसमा समेट्नुपर्छ ।’

त्यस्तै उनले एक व्यक्ति एक पद प्रणालीमा जानुपर्ने धारणा राखे । उनले मुलुक धार्मिक स्वतन्त्रता हुनुपर्ने बताउँदै पार्टीले पनि यसबारेमा गम्भिर बन्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्