काठमाडौं, ०३ पुस । गीता जयन्तीको अवसर पारेर जियर शैक्षिक संस्था नेपाल, विकास तरङ्गिणीले एक कार्यक्रमको आयोजना गरेर गीता जयन्ती मनाएको छ । राजधानीको मध्य वानेश्वरमा आयोजना गरिएको गीता जयन्तीमा ऐतिहासि गीता ग्रन्थका बारेमा वक्ताहरुले आफ्ना कुराहरु राखेका थिए ।
जियर शैक्षिक संस्था नेपालका अध्यक्ष कुमार अधिकारीले सर्वश्रेष्ठ चेतनशील प्राणी मावनले गीताको उपदेश मनन गर्नु आजको आवश्यकता भएको दाबि गरेका छन् ।
उनले भने,‘विश्वकै पुरानो ग्रन्थमा पर्ने गीताको बारेमा नयाँ पुस्ता जानकार हुनुपर्छ, हाम्रो संस्थाले भूकम्पको बेलामा विभिन्न स्थानमा ६ हजार पाल, ६ कम्बलसँग खाद्यसाम्रगी वितरण गरेको थियो, केही स्थानमा विद्यालय निमार्ण गरेको छ ।’
अधिकाशं वक्ताहरुले गीता ग्रन्थको महिमा र अस्तित्व धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । १८ वटा विद्यालयका प्रतिष्पर्धि विद्यार्थीहरु गीतामा समावेश भजनहरु गाएका थिए ।
गीता ग्रन्थ पदार्थको सिलसिलेवार अध्ययन (विज्ञान) आत्मा र परआत्मा सिलसिलेवार अध्ययनै अध्यात्म हो भन्ने सार नै गीता हो । यस ग्रन्थमा समभाव, अन्याय, अत्याचार रहित समाजको परिकल्पना गरिएको छ ।
तस्विर-मुकुन्द कालिकोटे