Logo

चलचित्र ‘बुलाकी’ काठमाडौमा देखाईयो !



काठमाडौं, ४ पुस । रोल्पा जिल्ला परिवर्तन गाउपालिका वडा नं ५ अन्तर्गत एउटा लघु चलचित्र निर्माण भएको छ । सो लघु चलचित्र ‘बुलाकी’ को राष्ट्रिय नाचघर जमल काठमाडौंमा च्यारेटी ‘शो’ सम्पन्न भएको छ । कार्यक्रमा नेपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल, पुर्व सभामुख ओनसरी घर्ती मगरलाई निमन्त्रणा गरिएको थियो ।

‘बुलाकी’को शो हेर्न पूर्व सभामुख ओनसरी घर्तीमगर मात्र उपस्थित भएकी थिइन् । यो लघु चलचित्र मौलिकतामा बनेको अतिथी तथा दर्शकहरुले बताएका छन् ।

एउटा यस्तो रहस्य छ, मौलिकतामा बनेको लघु चलचित्र सोही गृह जिल्लामानै विमोचन नगरेर काठमाडौंमा विमोचन गर्नुको खास रहस्य के हो त ? यस बिषयमा दर्शकहरुले पनि जिज्ञासा राखेका थिए । गाउमा भएका सोझा साझा जनता र परिवर्तन गाँउपालिका वडा नं। ५ लाई प्रयोग गरि ‘बुलाकी’ निर्माण गरिएको हो । यस कार्यक्रममा गाँउपालिकाको प्रतिनिधी र कलाकारहरुको उपस्थिती हुनु पर्ने तर उपस्थित समेत भएन् ।

गाउपालिकालाई नै प्रयोग गरेर लघु चलचित्र बनाउने तर गाउपालिकालाई नै उपस्थित नगराउने यो यो कस्तो क्रियाकलाप हो कतै यो गैर काुनुनी त हैन ? गाउमा नै बिमोचन गरेको खर्च कम हुने गाँउका सोझा जनताले केही त सिक्न पाउथे होला । काठमाडौंमा बिमोचन गर्नुको खास अर्थ के हो त ? सो कार्यक्रममा उपस्थित संचारकर्मीहरुले निर्माण पक्षलाई काठमाडौंमा बिमोचन गर्नको खास उदेश्य के हो त भनेर सोध्दा केही प्रचार होस् भनी यहाँ गरेका हौ भन्ने जवाफ आएको थियो ।

कार्यक्रमा संचारकर्मीहरुलाइ प्रचार गर्नका लागि बिमोचन गर्नु पर्ने तर किन संचारकर्मीहरुलाई नबोलाउने ? दर्शकहरु पनि बोलाउनु भएन भनेर प्रश्न गर्दा हामीले मन्त्रीहरुलाई मात्र बोलाएका हौ । संचारकर्मीहरुलाई नबोलाउने निर्णय हो हाम्रो भन्ने कुराको जानकारी आएको थियो।

लगानी गरिदिने गाउँपालिका र त्यहाँका स्थानियबासीहरुलाई नदेखाएर मन्त्रीहरुलाई मात्र देखाउदा के फाइदा भयो ? किन राष्ट्रिय नाच घर जमल, काठमाडौंमा बिमोचन गर्नु ? मन्त्री अनि नेताहरुको घर घरमा देखाउदै हिडे भयो नी ?

हलमा उपस्थित केही संचारकर्मीहरुले हलको ब्यवस्था कस्ले गर्यो भनेर प्रश्न गर्दा आयोजकबाट सिघै उत्तर आयो राष्ट्रिय नाच घरले नै निशुल्क हल उपलब्ध गराएको हो भनेर । के राष्ट्रिय नाचघरले सबैलाई निशुल्क हल उपलब्ध गराउछ त ? के यो सत्यता होला त ? नाच घरमा बिमोचन गर्नाले रोल्पाका स्थानियबासीहरुलाई के फाईदा भयो त भन्ने केही संचारकर्मीहरुको जिज्ञासा समेत राखेका थिए ।

कार्यक्रममा केही संचारकर्मीहरु र केही अतिथी गरेर मात्र २३ जनाको उपस्थिती रहेको थियो । यो लघु चलचित्र कुन मिडियाबाट आउने भन्ने कुरा संचारकर्मीहरु तथा उपस्थित ब्यक्तीहरुलाई समेत केही जानकारी दिइएको छैन् ।

यसबारे सबै अन्यौल नै भए । सो लघु चलचित्र निर्माण गर्दा रु ३ लाख लगानी भएको कुरा आयोजक पक्षबाट जानकारी आएको छ । तर यति धेरै लगानी कसरी र कहाँ खर्च भयो । न त्यहाँ कलाकारलाई पारिश्रमिक दिईएको थियो न त त्यहाँ सुटिङ्ग स्पटका लागी खर्च भएको थियो ।

यती धेरै रकम कसरी खर्च भयो त भन्ने कुरामा दर्शकहरु अन्यौलमा परेका थिए । के यो गाउँपालिकाको ढुकुटी सक्ने आधार त हैन ? यस्ता प्रश्न पनि उठेका थिए गाउँपालिकाले बिना कुनै आधारमा एक ब्यत्तिमाथि किन लागानी गर्यो यो पश्न गर्भमै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्