काठमार्डौँ ५ पुस । प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको रहेको आकर्षक उडाइनो झरना ओझेलमा परेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करीब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ ।
बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्त अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।
म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिपm्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने बताउनुभयो ।
रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा–२ का वडासदस्य चन्द्रबहादुर कँुवरले बताउनुभयो । अधुरो खेल मैदानको निर्माण कार्य शुरु बजेट अभावका कारण गत वर्ष निर्माण कार्य स्थगित गरिएको बेनी नगरपालिका–२ बगरफाँटको खेल मैदान निर्माण कार्य शुरु भएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख गरी रु सात लाख बजेट प्राप्त भएपछि खेल मैदान निर्माण कार्य शुरु गरिएको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीका अनुसार गत वर्ष रु पाँच लाख ६० हजारको लागतमा मैदान सम्याउने र माथिल्लो भागमा ५० मिटर प्यारापिट निर्माण गरिएको थियो । एक सय चार मिटर लम्बाइ र ५२ मिटर चौडाइको खेल मैदान निर्माणका लागि नगरपालिका र वडाबाट प्राप्त भएको बजेट पर्याप्त नरहेको कार्कीले बताउनुभयो ।बेनीको खुलामञ्च खेल मैदानको विकल्पको रूपमा हेरिएको बगरफाँटको खेल मैदान निर्माणका लागि बजेट अपुग हुने भएपछि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनलाई जानकारी गराइएको र मन्त्री पुनबाट सहयोग हुने आश्वासन पाए पनि बजेट प्राप्त भइनसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।रासस