Logo

‘मन्त्रीहरुले पाउने सुविधाबारे बैकल्पिक व्यवस्था हुनसक्छ’



काठमाडौं, ५ पुष । सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले महँगी लगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिन पत्रकारहरुलाई आग्रह गरेका छन ।

मन्त्री बास्कोटाले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही बैकल्पिक व्यवस्थापनि हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न आग्रह गरे ।

उनले जनकपुर–जयनगर रेल्वेका लागि ५० करोड रुपैयाँ छुट्टयाइएको बताउँदै अबको ६ महिनाभित्र रेल कुदने दाबी गरे। यसैबीच, उनले पानीजहाजको सन्दर्भमा एक स्टेप काम अगाडि बढेको बताए।

भारतसँग सम्झौता भएर एक स्टेप काम अगाडि बढेको बताउँदै उनले भने,‘पानी जहाजका लागि पूर्वाधार पनि बनाउनु पर्ला नि। हामीले पनि पोर्ट बनाउनु पर्ने होला नि।’ पानीजहाजका विषयमा काम अगाडि बढेको बताउँदै मन्त्री बास्कोटाले सपना पुरा हुने बताए।



प्रतिक्रिया दिनुहोस्