Logo

शेयर कारोवार गर्न सहायक कम्पनी खोल्न पाइने



काठमाडौँ,११ पुस । हाल सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले आज जारी गरेको निर्देशनअनुसार बैंकले आफ्नो ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको हो । हाल ‘क’ वर्गका वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ । बैंकले सहायक कम्पनी स्थापना गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको अधिकतम दश प्रतिशतसम्म छुट दिइनेछ ।

सहायक कम्पनीले आफ्नो मातृ कम्पनीले जारी गरेको धितोपत्रको कारोवार गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । त्यस्ता कम्पनीको सुपरीवेक्षण र अनुगमन भने नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गर्नेछ । बैंक तथा वित्तीय संस्थाले लामो समयदेखि सहायक कम्पनी स्थापना गर्न माग गर्दै आएका थिए ।

यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार सहायक कम्पनीले वित्तीय स्रोत सङ्कलन बिक्री गर्ने सुरक्षणपत्रमा मातृ बैंकले लगानी गर्न पाउने छैनन् । त्यस्तो सुरक्षणपत्रको धितोमा ऋणसमेत दिन पाइने छैन । रासस



प्रतिक्रिया दिनुहोस्