काठमाडौं, १२ पुस । लोकप्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र बिश्वकर्माको लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ले इतिहास कायम गर्न सफल भएको छ ।
‘सालको पात टपरी हुनी’ले युटुबमा डेढ करोड भन्दा बढि भ्युज पाएको छ । युटुबमा डेढ करोड भन्दा बढि हेरिएको र गायक सर्जक वसन्त थापा को युटुब च्यानल प्रमाणिकरण भएको उपलक्ष्यमा पुस ११ गते खुसियाली कार्यक्रम राखिएको थियो । कार्यक्रममा त्यस्तै गीतको टिमले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको भवन निमार्णको लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
सहयोगको सन्दर्भमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले फेशबुकमा लेखेका छन्,‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालयको भवन निर्माणका निम्ति यति बेलाको अत्यन्तै चर्चित गीत ‘सालको पात टपरी हुनी’को टिमबाट रु ५०,००० सहयोग स्वरुप प्राप्त भएको छ । बसन्त थापा, कुलेन्द्र बिश्वकर्मा नवराज पन्त, लगाएत सम्पुर्ण टिमलाई धन्यवाद ।