Logo

विविधताले नेपालको अलग्गै पहिचान बनाएको छः सभामुख महरा



काठमाडौँ,१५ पुस । सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु गुरुङ समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त तमु गुरुङ समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन ।

सभामुख महराद्धारा जारी सन्देशमा भनिएका छ, “गुरुङ समुदायमा नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

“बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भुगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।” सन्देशमा भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्