Logo

तमु ल्होसारको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना



काठमाडौँ,१५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन।शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन।

नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री राईले संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गरेका छन। रासस



प्रतिक्रिया दिनुहोस्