काठमाडौं, १५ पुस । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कुन दिन प्रहरीले आफ्नो डिएनए टेष्ट गरिदिने हो की भनेर डर लाग्न थालेको भन्दै प्रहरी प्रशासनप्रति व्यंग्य कसेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।