Logo

सदस्यसचिव पराजुलीद्वारा पदबहाली



काठमाडौँ,१५ पुस । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताएका छन।

आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त उनले गरेका थिए । साथै उनले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार लैजान पहल गर्ने बताएका छन।

तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका पराजुलीलाई मन्त्रिपरिषद्को यही पुस ६ गतेको बैठकले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सदस्यसचिव पराजुलीसँग यसअघि शिक्षण र समाजसेवाका रूपमा पनि लामो समय काम गरेको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस्