Logo

शिवालय गाउँपालिकाका नागरिकलाई आत्मनिर्भर बनाउछु: अध्यक्ष शाही



लंकराज धमाला: जाजरकोट, १६ पुस  । शिवालय गाउँपालिका नागरिकलाई अबको २ बर्ष भित्र आर्यआर्जनमुलक कार्यक्रम संञ्चालन गरि आत्मानिर्भर बनाउने अभियानमा लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए ।
रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेश संयोजक लंकराज धमाला संग कुरा गर्दे अध्यक्ष शाहिले गाउँपालिकामा कृषिमा आधुनिकिकरण गरी कृषिबाट आर्थिक स्तर उन्नती तथा जीवनस्तरमा सुधार ल्याउने र न्यायनिरुपण समाज निर्माण गर्ने मुख्य उद्देश्य बोकेका शाहीले आफ्नो कार्यकालभित्र शिवालय गाउँपालिका सबै अधिकारबाट सम्पन्न बनाउँन कुनै कसुर बाँकी नराख्ने बताए । तत्तकाल ‘जिविकोपार्जन सुधारका लागि गाउँपालिकाको बजेटबाट बादी समूदायका ३० घरपरिवारलाई ६० वटा बाख्रा बितरण गरेका छौं ।’ शाहीले भने ‘चेतनाको कमीका कारण र शैक्षिक स्थितीले पीछडिएको बादी समुदायलाको मुहारमा मुस्कान देख्न पायौं ।’ स्थानीय सरकार आएपछि गाउँमा गाउँका जनता पनि खुसी नै देखिन्छन् । बादी समुदायका एक व्यक्तिले भने ‘स्थानीय सरकार आएपछि हाम्रो दैनिकि नै फेरिएको छ । आर्थिक उन्नतीमा पनि परिवर्तन पाएका छौं ।’
निर्वाचनपछि शिवालय गाउँपालिकाको ९ वटा वडामा सडक बाटो निर्माण र गाउँपालिकाको केन्द्र ऐरेलीमा ९०० मिटर सडक ग्रायभिल सम्पन्न भएको भएको बताउनु भयो यस्तै गाउँपालिकाकै ठुलो शिवालय खानेपानी आयोजना तथा टोटासिमल सिंचाई योजना, राकायजाँत खानेपानी योजनाको निमार्णकार्य अन्तीम चरणमा रहेको बताउनु भयो ।
अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्र नागरिका मागलाई मध्यनगरगर्दै अबको बाकि कार्यकाल भित्र शिवालय रिङरोडको डिपिआर गरी सम्पन्न गर्ने योजना रहेको उल्लेख गरे । यस्तै सबै वडामा विद्युतको केन्द्रीय लाईन विस्तार गर्ने, एक घर एक धारा खानेपानी आयोजना सम्पन्न गर्ने, गाउँपालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरी कृषिमा आधुनिकिकरण ल्याउने जस्ता जनतामुखी योजना रहेको जानकारी दिए । शैक्षिक सुधार र चेतना अभिवृद्धिमा जोड दिई गुणस्तरमा ध्यान दिने पछि उल्लेख गरे ।
यसैगरी गाउँपालिकाका सबै कर्मचारीको तलवबाट केही प्रतिशत रकम छुट्याई वाल उद्दार कोष निर्माण गरी आर्थिक हिसावे विपन्न वालवालिकालाई राहत वितरण गर्ने योजना पछि सुरु गरेका छन् । समाजसेवामा रुची राख्ने शाही कोही वालवालिकालाई शिक्षाबाट बञ्चित नराख्ने प्रस्ट पार्छन । शाही शिक्षण पेशा छोडेर स्थानीय तहको निर्वाचनमा आएका एक विकासप्रेमी व्यक्ति हुन् ।



प्रतिक्रिया दिनुहोस्