Logo

नेरा त्रिभुवन माविको लागि १० लाख आर्थिक सहयोग



कौरव खत्रीः गुल्मी १८पुस । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ । मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट १० लाख बोल रकम सहयोग भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।

हिजो अर्थात मंगलवार विद्यालयमा बसेको एक भेलामा उक्क्त बोल रकम सहयोग भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए । २०ंं१४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् । प्राविधिकमय शिक्षा सञ्चानार्थको लागि आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले शैक्षिक तथा धार्मिक महोत्सव गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्