Logo

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन



टोकियो, १८ पुस । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गर्नु भएको छ । उहाँले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गर्नु भएको छ ।

बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उहाँका शुभचिन्तक राजकिय भवनअगाडी भेला भएका राजदवार कार्यलयले जानकारी दिएको छ ।

पचासी वर्षीय सम्राटले अन्तिम पटक दिनु भएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नको लागि अझ कैयौ व्यक्तिको आगमन भइरहेको सो स्रोतले जानकारी दिएको छ ।

जापानको राजतन्त्रमा यस प्रकार पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दीयता नै पहिलो व्यक्ति हुनुहुने छ । उहाँले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै हुनुहुन्छ ।

‘तपाईहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशि छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भन्नु भो ।  (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्