काठमाडौ,१९ पुस । बङ्लादेशको विपक्षी पार्टी बङ्लादेश नेशनल पार्टीका सांसदहरूले बिहीबार सपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।आफुहरुलाई नै निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निश्पक्ष नभएको भन्दै उनीहरुले सपथग्रहण नगरेका हुन् ।
गत आईतबार भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना अत्यधिक मतले विजयी भएपछि बिहीबार सवै सांसदहरुलाई सपथ ग्रहण गराउन लागिएको थियो ।
तर विपक्षी दलले भने निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचनलाई मान्यता नदिने र निर्वाचन सम्वन्धी कुनैपनि क्रियाकलापमा सहभागी नुहुने घोषणा गरेको छ ।
विपक्षीले बहिस्कार गरेपनि सत्तारुढ दल अवानी लिग र त्यसको गठबन्धनमा आवद्ध दलका सांसदहरुले भने बिहीबार सपथग्रहण गरेका छन् । प्रधानमन्त्री हसिना र अरु २९० जना सांसद सपथग्रहण समारोहमा सहभागी भएका थिए ।
बिहीबार नै हसिना पुनः पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । यो संगै उहाँ फेरी प्रधानमन्त्रीको नयाँ कार्यकालका लागि निर्वाचित हुने प्रक्रियामा पुग्नु भएको छ ।
विपक्षी दलका तर्फबाट निर्वाचित सात सांसदले बिहीबार सपथग्रहण बहिस्कार गरेका हुन् । उनीहरुले अहिलेको निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराउन आफ्नो पार्टीको निर्णय अनुसार माग गरेका छन् ।
संसदका प्रवक्ता कमाल हुसेनले आउदो ९० दिन भित्रमा कुनै पनि सांसदले सपथग्रहण नगरेमा उनीहरु निर्वाचित नभएको निर्वाचनमा फेरी निर्वाचन हुने जानकारी दिनुभयो ।
हिंसात्मक घटनासँगै भएको निर्वाचनका क्रममा निर्वाचनका दिन मात्रै कम्तीमा १७ जना मारिएका थिए ।
आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के। एम। नुरुल हुडाले भने पुनः निर्वाचन गराउन नपर्ने स्पष्ट पार्नु भएको छ ।
सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासको वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी०ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको थियो ।
आयोगका प्रवक्ता एस।एम।असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिनुभयो ।निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको आयोगले जनाएको छ । एजेन्सीको सहयोगमा