Logo

शिक्षामा लगानी बढाउन आवश्यकः उपसभामुख तुम्बाहाङ्फे



काठमाडौँ,२२ पुस । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताईन।मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा उनले राष्ट्रले लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राखेकी थिइन् ।

उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताईन । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन नसकिरहेको बताउदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिएकी छन।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बरालले शिक्षा क्षेत्रको बारेमा विचार राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा बिजेता भएकाहरुलाई पुरस्कार र सम्मान गरिएको थियो ।विसं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एघार सय ८७ विद्यार्थी अध्ययनरत रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्