Logo

आधा किताब पढेर परीक्षा



काठमाडौँ,२२ पुस । कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको छ । विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्याललयमा आएको शिक्षकले नियमित नपढाउनाले आधा किताब पढेर परीक्षा दिनु परेको महादेव आधारभूत विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकायाले बताउनुभयो ।

“गणित, सामाजिक, नेपाली र कम्प्युटर जस्ता अनिवार्य विषयको पाठ्यक्रम वर्षभरि सम्पन्न हुन सकेनन्,” उहाँले भन्नुभयो, “तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै भयो ।”

कम्प्युटर छैन

कम्प्युटर विषयलाई अनिवार्य बनाइएको र विद्यालयमा कम्प्युटर नै रहेका छैनन् । खाली सैद्धान्तिक रुपमा पढाएको र चित्र देखाएको भरमा परीक्षा लिनु परेको शिक्षक मदनप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्प्युटरको माउस, डेक्सस्टप र मोनिटर यो हो भनेर चित्रमा मात्र देखाइने गरिएको छ, विद्यालयमा कम्प्युटर नभएका कारण प्रयोगात्मक शिक्षा दिन सकिएको छैन ।”

चित्रमा देखेकै भरमा कम्प्युटर विषयको परीक्षा दिनु परेको विद्यार्थीको गुनासो छ । उक्त विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्णबहादुर रोकायाले कम्प्युटरको व्यवस्थापन नगर्दा समस्या भएको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्