Logo

‘सरकार विप्रेषणको आधारमा देश चलाउने पक्षमा छैन’



काठमाडौँ,२३, पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्र्याएर देश चलाउने पक्षमा नरहेको बताउनुभएको छ ।

शहीद लखन गाउँपालिका–९ नाम्जुङमा भूकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अहिलेको शिक्षाले युवालाई रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने बाध्यता रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अब सरकारले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने बताउनुभयो ।

“युवा जनशक्तिलाई खाडी मुलुकमा पठाउने र देशमा विप्रेषणका मात्र भित्र्याएर देश समृद्ध बन्न सक्दैन”, मन्त्री पोखरेलले भन्नुभयो, “अब हामीले विद्यालय शिक्षा सकेर निस्कँदा उनीहरुले एउटा पेशा व्यवसाय गर्न सक्ने खालको जनशक्ति तयार गर्नु जरुरी छ ।” गूणस्तरिय शिक्षाका लागि शिक्षकले पार्टी र टे«ड युनियनको सदस्यता त्याग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पोखरलले सरकारले आगामी फागुन २१ गतेभित्र सङ्घीय शिक्षा नीति ल्याइसक्ने जानकारी गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्