Logo

बेजोसको सम्वन्ध विच्छेद चर्चामा



काठमाडौँ,२७ पुस । विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेदको खवर अहिले सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ ।जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा संगै यो निणर्य चर्चाको बिषय बनेको थियो ।

बुधबार दुवै जनाले अमेजनका सिइओको ट्वीटर एकाउन्टबाट संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका थिए ।

उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । “लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको थियो ।

करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनीलाई विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बनाउन सफल यो जोडीका चार सन्तान रहेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्