Logo

रामरहिमले पत्रकार मारेको ठहर,जन्म कैदको सजाय हुन सक्ने



काठमाडौँ,२७ पुस । भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो ।

संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ ।अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो ।सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो ।

सिंहलाई आजिबन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ । यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उहाँका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झण्डै ४० जना घाइते भएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्